• २० असार २०७९, सोमबार
  •      Mon Jul 4 2022
Logo
Latest
★   जसपाले मन्त्री हेरफेर गर्दै, नयाँ मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाइयो ★   प्रतिनिधिसभामा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने ★   हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन ★   दशरथचन्द राजमार्ग सञ्चालनमा ★   मधेस प्रदेशमा पुन: ‘छोरी शिक्षा बीमा’ सुरु ★   बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो ★   सिंहदरबार वैद्यखाना: चार महिनापछि औषधि उत्पादन सुरु,कर्मचारीले पनि पाए तलब ★   महोत्तरीका किसान रोपाइँमा व्यस्त ★   मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए ★   मकवानपुरमा जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २६ घाइते

चीनका पूर्व सुरक्षाप्रमुख पक्राउ



बेइजिङ, २० मंसिर । चिनियाँ कम्युनिस्ट पार्टीले पूर्व सुरक्षाप्रमुख झाउ योङकाङलाई पक्राउ गर्ने र बर्खास्त गर्ने निर्णय गरेको छ र यसलाई पर्यवेक्षकहरूले राष्ट्रपति सी जिनपिङको शक्ति सुदृढीकरणको रूपमा हेरेका छन् ।

झाउले चीनको सबैभन्दा शक्तिशाली पोलिटब्युरो स्थायी समिति (पीएससी) बाट सन् २०१२ मा अवकाश प्राप्त गरेका थिए । उनलाई हाल घुस लिएको तथा राज्यको गोप्य कुरा चुहाएको आरोपमा न्यायिक अनुसन्धान राखिएको जानकारी सिन्हवा समाचार संस्थाले दिएको छ ।

चीनमा सन् १९८० मा संस्थापक नेता माओ जेदोङका विधवासहित चार व्यक्तिको समूह ‘ग्याङ अफ फोर’लाई अनुसन्धानका लागि पक्राउ गरिएपछि कम्युनिस्ट पार्टीका सबैभन्दा वरिष्ठ व्यक्तिमाथि अनुसन्धान गर्न खोजिएका झाउ पहिलो व्यक्ति हुन् ।

फोर्डहाम ल स्कुलका चिनियाँ कानुनसम्बन्धी विशेषज्ञ कार्ल मिन्जनरले चिनियाँ पार्टीका सबैभन्दा माथिल्ला पदमा रहेका नेताहरूलाई पदमुक्त भएपछि उनीहरूमाथि कारबाही नचलाउने लामो समयसम्म चलेको आन्तरिक मान्यता तोडिएको जस्तो देखिएको बताएका छन् ।