५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता

बिद्रोहीको आक्रमणमा पाँच प्रहरी मारिए

बिद्रोहीको आक्रमणमा पाँच प्रहरी मारिए
अ+ अ-

अफगानिस्तान, २१ मंसिर । दक्षिण अफगानिस्तानको हेलमान्ड प्रान्तमाअवस्थित एक सुरक्षा जाँच चौकीमा तालिवानी बिद्रोहीकोले गरेको आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । गएराति भएको सो आक्रमणमा पाँच प्रहरी र एक बिद्रोहीकोको मृत्यु भएको आइतबार प्रहरी स्रोतले जानकारी दिएको छ ।

मार्जा जिल्लाको ट्रिख नवार इलाकामा रहेको प्रहरीचौकीमा मध्यरातमा अज्ञात सङ्ख्यामा आएका तालिवान बिद्रोहीको र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा पाँच प्रहरी र एक बिद्रोहीकोको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख मेहेर दिलले बताए ।

अफगानिस्तानको राजधानी काबुलदेखि ५५५ किलोमिटर दक्षिणमा पर्ने हेलमान्ड प्रान्तमा भएको यस आक्रमणमा अन्य कयौ आतङ्ककारी घाइते भएका जनाइएको छ । यस वर्षको अन्त्यसम्ममा अफगानिस्तानमा रहेका नेटोसँगआवद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।

अफगानिस्तानमा सन् २०१० एक ३० हजार नेटो सैनिक रहेका हाल आएर सो सङ्ख्या ३४ हजारमा झरेको छ । त्यसमध्ये पनि करिब २४ हजार अमेरिकी सैनिक रहेका छन् । आगामी वर्ष पनि १० हजार भन्दा बढी नेटो सैनिक अफगानिस्तानमा बाँकी रहने अफगानिस्तान र अमेरिकाबीच भएको सुरक्षा सम्भौतामा हस्ताक्षर भएको छ । पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरुलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।