• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल ★   डढेलोले खोटाङमा तेह्र घर खरानी ★   ट्रयाक्टरले किचेर एकको मृत्यु ★   चित्रकलामा भविष्य खोजिरहेकी निर्मला ★   वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा ★   बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु ★   यसरी स्मरण गर्नुभयो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले स्व. मनमोहन अधिकारीलाई ★   मुख्यमन्त्री भएको १६ दिनपछि कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै ★   राष्ट्रिय विकास परिषद्को बैठक आज, १६औं योजनालाई अन्तिम रुप दिइने ★   महाेत्तरीका अग्निपीडितकाे विचल्ली, राहतको प्रतीक्षा

शाहरुखलाई आफ्नै घरभित्र जान दिएनन् गार्डले



बलीउड बादशाह शाहरुख खान यतिबेला चलचित्र फैनको शुटिङमा ब्यास्थ छन् । चलचित्रको शुटिङ पनि उनकै घरको आसपासमा भैरहेको छ । तर यतिनै बेला आफ्नो घरभित्र पस्न खोज्दा उनलाई गार्डले रोकेपछि शुटिङ हेर्न पुगेका सबै आचर्यमा परे ।

शाहरुखले निकै प्रयास गर्दा पनि आफ्नै घरभित्र पस्न सकेका थिएनन् । अन्तत थाहा भयो कि त्यो सिन पनि चलचित्रको क्यामेराले कैद गरिरहेको रहेछ । अर्थात् शुटिङकै क्रममा शाहरुखलाई गार्डले रोक्ने सिनको छायाँकन भैरहेको रहेछ ।

चलचित्र फैनमा शाहरुखको दोहोरो चूमिकामा देखिदै छन् । चलचित्रमा उनी एक बलीउड सुपरस्टार र अर्को उसैको फ्यानको भूमिकामा देखिदै छन् । त्यो सिन पनि उनी फ्यान भएर सुपरस्टारको घरभित्र छिर्ने प्रयास गर्दाको थियो ।

मनीष शर्माको निर्देशनमा तयार हुँदै गरेको यो चलचित्रलाई आदित्य चोपडाले लगानी गरेका छन् । यशराज फिल्मको ब्यानरमा निर्मित यो चलचित्र १४ अगष्ट २०१५ मा रिलिज हुने छ ।