• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

आमिर खान अब रेस्लर बन्ने !



बलीउड प्रभाबशाली अभिनेता आमिर खान छिट्टै रेस्लर बन्ने भएका छन् । निर्देशक नीतेश तिवारीको आगामी चलचित्रमा रेस्लरको भूमिकामा काम गर्न उनले सहमती जनाएका छन् । प्रदर्शनको क्रममा रहेको चलचित्र पीकेको लागि भोजपुरी भाषा सिकेका आमिर आगामी चलचित्रको लागि भने रेस्लरको ट्रेनिङ लिने भएका छन् ।

यतिबेला आमिर रेस्लरको भस्मिकालाई पूर्ण रुपले न्याय गर्नको लागि आफ्नो बडी बनाउन निकै मेहनत गरिरहेका छन् । छिट्टै उनी हरियाणा गएर केहि समय रेस्लरको संगत पनि गर्ने भएका छन् । आमिर अभिनित चलचित्र पीके १९ डिसेम्बरमा रिलिज हुन गइरहेको छ । एक समयमा एउटै मात्र प्रोजेक्टमा काम गर्ने गरेका आमिरको बर्ष २०१५ मा कुनैपनि चलचित्र रिलिज नहुने पक्का भएको छ ।