७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

मन्दिरा थापाले जितिन् ‘लोक आवाज’ उपाधि

मन्दिरा थापाले जितिन् ‘लोक आवाज’ उपाधि
अ+ अ-

दमौली, ४ मङ्सिर : तनहुँ कलाकार सङ्घले आयोजना गरेको ‘तनहुँ लोक आवाज–२’ को उपाधि भिमाद नगरपालिका निवासी मन्दिरा थापाले जित्नुभएको छ ।

सङ््घले शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको मौलिक लोकगीत गायन प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि पार्दै थापाले उपाधि जित्नुभयो ।

प्रतियोगितामा घिरिङ गाउँपालिका निवासी बोमाया थापाले द्वितीय, भिमाद नगरपालिका निवासी निशान सुनारले तृतीय र रिसिङ गाउँपालिका निवासी शान्तिमाया थापाले सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो ।

उपाधिसँगै विजेताले क्रमशः ३० हजार, १५ हजार, १० हजार र पाँच हजार प्राप्त गर्नुभएको छ । मौलिक लोकगीत संरक्षण गर्ने उद्देश्यले सङ्घले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।

पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले गण्डकी प्रदेश विभिन्न संस्कृतिले भरिपूर्ण रहेकाले संस्कृति संरक्षणका लागि प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले लगायतले कलाकारले संस्कृति संरक्षणका लागि थालेको प्रयास उदाहरणीय रहेको चर्चा गर्नुभयो ।

सङ्घका अध्यक्ष यामसागर विकले कलाकारको अधिकार स्थापित गर्दै अग्रज कलाकारलाई सम्मान र अनुज कलाकारलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सोही अवसरमा तनहुँका प्रगतिशील लोक सर्जक दिलीपकुमार श्रेष्ठलाई यस वर्षको ‘स्रष्टा सम्मान’ प्रदान गरियो ।

प्रतियोगितामा सङ्गीतकार तथा गायक दिवान किनार, खड्ग गन्धर्व, रञ्जिता गुरुङ, कृष्णप्रसाद गौतम र केसीमाया रामदामले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

गत भदौ १६ गतेदेखि शुरु भई विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा १२ कलाकारले प्रतियोगितामा आ–आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमरविरही गुरुङले समेत आफ्नो प्रस्तुति राख्नुभएको थियो । (रासस)