काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रिय कमिटीको बैठक आज बिहान ९ बजेदेखि ललितपुरमा जारी छ । पार्टीका केन्द्रिय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेको बैठकमा प्रत्येक सदस्यका लागि अधिकतम तीन मिनेटको समय सीमा निर्धारण गरिएको छ ।
नेकपा एमालेको केन्द्रिय कमिटी बैठक पार्टीको सांगठनिक सुदृढीकरण र आगामी रणनीति तय गर्ने उद्देश्यसहित बसिरहेको छ । बैठकमा सहभागी केन्द्रिय सदस्यहरूले पार्टीको आन्तरिक एकता, समसामयिक राजनीतिक परिस्थिति र आगामी योजनाका विषयमा आ–आफ्नो धारणा राख्ने क्रम जारी राखेका छन् ।
पार्टी नेतृत्वले सबै सदस्यहरूलाई आफ्ना विचार संक्षिप्त रूपमा प्रश्तुत गर्नका लागि तीन मिनेटको समय तोकेको छ । निर्धारित समयभित्रै आफ्ना महत्वपूर्ण सुझाव र आलोचना राख्नुपर्ने भएकाले सदस्यहरूले पार्टीको प्राथमिकताका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखिरहेका छन् । बैठकमा प्रश्तुत हुने धारणा र सुझावहरूलाई पार्टीले आगामी नीति तथा कार्यक्रम तय गर्न आधारका रूपमा प्रयोग गर्ने अपेक्षा गरिएको छ ।








