२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह
अ अ+ अ-

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले प्रतिकूल मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै विद्यालय सञ्चालन तथा शैक्षिक गतिविधिबारे स्थानीय अवस्थाअनुसार विवेकपूर्ण निर्णय लिन सदस्य विद्यालयहरूलाई आग्रह गरेको छ ।

प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार सूचना जारी गर्दै आगामी असोज ५ गतेदेखि १२ गतेसम्म देशका विभिन्न भू–भागमा वर्षाको मात्रा बढ्न सक्ने तथा केही स्थानमा भारीदेखि अति भारी वर्षा, हावाहुरी, आँधीबेहरी, चट्याङ, बाढी, डुबान तथा पहाडी र हिमाली क्षेत्रमा पहिरोको जोखिम हुनसक्ने जनाएको हो ।

प्याब्सनले स्थानीय मौसम तथा सुरक्षा अवस्था असहज वा जोखिमपूर्ण देखिएमा विद्यालयले आफ्नो परिस्थितिको मूल्याङ्कन गरी विद्यालय सञ्चालनको समय परिवर्तन, वैकल्पिक सिकाइ वा अन्य उपयुक्त शैक्षिक उपाय अवलम्बन गर्दै शैक्षिक निरन्तरता कायम गर्न आग्रह गरेको छ ।

विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षित आवागमनलाई पहिलो प्राथमिकतामा राखी स्थानीय परिस्थितिअनुसार विद्यालय सञ्चालन तथा शैक्षिक गतिविधिको व्यवस्थापन गर्न पनि प्याब्सनले अनुरोध गरेको छ । विद्यालय परिसर, भवन, छाना, विद्युत् प्रणाली, खानेपानी, खेलमैदानलगायत भौतिक संरचनाको पूर्वसुरक्षा परीक्षण गरी सम्भावित जोखिम न्यूनीकरणका उपाय अपनाउनसमेत भनिएको छ ।

त्यस्तै, नदी, खोला, पहिरो सम्भावित क्षेत्र तथा जोखिमयुक्त सडकमार्गबाट आवतजावत गर्ने विद्यार्थी तथा कर्मचारीका विषयमा विशेष सावधानी अपनाउन र अभिभावकसँग प्रभावकारी सूचना तथा समन्वय कायम गर्न प्याब्सनले आग्रह गरेको छ ।

स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा जल तथा मौसम विज्ञान विभागलगायत सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना तथा चेतावनीलाई विद्यालय सञ्चालनसम्बन्धी निर्णयको प्राथमिक आधार बनाउनसमेत प्याब्सनले अनुरोध गरेको छ ।

प्याब्सनले ‘सुरक्षित विद्यालय, सुरक्षित विद्यार्थी र गुणस्तरीय शिक्षा’ आफ्नो मूल भावना रहेको उल्लेख गर्दै संवेदनशील अवस्थामा सबै विद्यालयका लागि एकरूप निर्णयभन्दा स्थानीय अवस्था, जोखिमको वास्तविकता र आधिकारिक सूचनाका आधारमा विद्यालयस्तरबाट जिम्मेवार व्यवस्थापन गर्नु उपयुक्त हुने जनाएको छ ।

विद्यालय सञ्चालक, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीबीच आपसी विश्वास, सहकार्य र निरन्तर सञ्चार कायम राख्न आग्रह गर्दै प्याब्सनले कुनै पनि परिस्थितिमा मानवीय सुरक्षा र बालबालिकाको हितलाई शैक्षिक गतिविधिभन्दा माथि राखेर निर्णय लिन आग्रह गरेको छ ।

सम्भावित मौसमजन्य जोखिमको प्रभाव न्यूनीकरण गर्दै सम्पूर्ण विद्यालय परिवारलाई सुरक्षित, संयमित र सजग रहनसमेत प्याब्सनले अनुरोध गरेको छ।