काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेबिच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
भेटमा पछिल्लो राजनीतिक, आर्थिक तथा समसामयिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । भेटवार्ताका क्रममा भएका अन्य विषय भने सार्वजनिक गरिएको छैन ।








