१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटनह्यामको सनसनीपूर्ण जित, सिटी शीर्ष स्थानमै कायम



अ+ अ-

काठमाडौं, ९ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले चेल्सीलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलमा टोटनह्यामका लागि डेली अली, ह्यारी केन र सन ह्युङ मिनले उत्कृष्ट गोल गरेका थिए । चेल्सीका लागि ओलिभर जेरुडले दाेस्राे हाफमा गोल गरेका थिए । डेलीले खेलको आठौं मिनेटमा गोल गर्दै टोटनह्यामलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको १६औं मिनेटमा केनले गाेल गरेका थिए ।डिबक्स बाहिरबाट हानेकाे बल डिफेन्डर डेभिड लुइजलाइ छक्याउँदै गाेल भएकाे थियाे ।

पहिलो हाफमा २-० गोलको अग्रता बनाएको टोटनह्यामले दोस्रो हाफमा थप एक गोल गरेकाे थियाे । खेलको ५४औं मिनेटमा मिनले तेस्राे गोल गरेका थिए । पराजयकाे संघारमा पुगेकाे चेल्सीका लागि जेरुडले खेलको ८५औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको १३ खेलबाट ३० अंक भएको छ । यता पराजित चेल्सीको भने १३ खेलबाट २८ अंक भएको छ ।

शनिबार नै भएका अरू खेलमा म्यान्चेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गाेलरहीत बराबरी खेलेका छन् भने म्यान्चेस्ट सिटीले वेस्टह्याम युनाइटेडलाइ ४ गाेलले पराजित गरेर पहिलाे स्थानमा कायम छ । त्यस्तै लिभरपुलले वाटफाेर्डलाइ ३ गाेलले पराजित गरेकाे छ ।

पछिल्लाे अंक तालिका निम्न बमाेजिम छः

[table id=2 /]

अाइतबारकाे खेलः

१. अार्सनल  २ –  १ बर्नमाउथ

२. उल्भ्स  ० – २  हडर्सफिल्ड