२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपकाे जादू चलेन, २ अाेभरमा ४७ रन दिए



अ+ अ-

काठमाडाै, १३ मंसिर । युएइकाे शारजाहमा संचालित दश अाेभर (टी टेन) फर्म्याटकाे क्रिकेट प्रतियाेगिता अन्तरगत बिहीबार खेलिएकाे एक खेलमा नेपाली उदीयमान बलर सन्दीप लामिछानेले २ अाेभरमा ४७ रन दिएका छन् ।

केरला नाइट्सबाट खेलेका सन्दीप विरूद्ध नर्दन वारियर्सका तर्फबाट खेल्ने वेस्ट इन्डिजका दुइ खतरनाक ब्याट्सम्यान एन पूरन र अान्द्रे रसेलले छक्काकाे वर्षा लगाएका थिए । सन्दीपकाे बलमा ७ छक्का प्रहार भएकाे थियाे । उनले प्रति अाेभर २३.५ रन दिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेकाे केरला नाइट्सले २ विकेट गुमाएर १०१ रनकाे झिनाे याेगफल तयार पारेकाे थियाे ।

जितका लागि १०२ रनकाे लक्ष पाएकाे नर्दन वारियर्सले ७.२ अाेभरमा १०५ रन बनाएकाे थियाे । नर्दनका लागि अान्द्रे रसेलले २९ र एन पूरनले ४३ रन बनाएका थिए ।