२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाहिरिइन् श्रृंखला, टप ३० मा पुग्ने सम्भावना बाँकी नै



अ+ अ-

१६ मंसिर, काठमाडौं – श्रृंखला खतिवडा हेड टु हेड प्रतिश्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी छिन् । सिंगापुरकी भानेसा पेहरेले उनलाई पारिजत गरेकी हुन् । भेनेसाले श्रृंखलालाई पछि पारेकी हुन् । उता श्रृंखलाको भने टप ३० मा पुग्ने सम्भावना भने जिवीतै छ ।

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा पराजित भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् । यसमा जितेको भए श्रृंखला टप ३० मा पुग्न सक्थिन् । यो मौका उनले गुमाएकी छन् ।हेड टु हेडको दोस्रो राउन्डमा करिब ९० सेकेन्डको भिडियो प्रिजेन्टेसन दिनुपर्ने हुन्छ । श्रृंखलाले फेसबुकमा भिडियो पोष्ट गर्दै प्रिजेन्टेसनमा आफ्नो कमजोरी भएको स्वीकारेकी छन् । उनी सिंगापुरकी सुन्दरी जितको हकदार रहेको पनि बताएकी छन् ।

‘९० सेकेन्डमा मेरो प्रोजेक्टलाई मैले जसरी सकिन्छ प्रस्तुत गरेँ । भविष्यको योजना केही प्रस्तुत गर्नु भनेर सर्कुलरमा दिइएको थियो मैले त्यसमै फोकस गर्न खोजेँ । भिडियो हेरेर मैले महसुस गरिसकेँ । सिंगापुरले डिजर्भ गरेको थियो,’ उनले भनेकी छन्, ‘मेरो बीचमा एक-दुई लाइन भन्न छुटेको रहेछ । सायद त्यो भएर कनेक्ट हुन सकेन । मैले आफैंले यूट्यूबमा भिडियो हेदा पनि कनेक्टेड फिल भएन ।’

उनले यो हारबाट दुखित भएको बताएकी छन् । भावुक बन्दै उनले भनेकी छन्, ‘यत्रो माया गरिदिनुभयो, कसरी गुन तिरौं भन्ने मात्रै सोच्न आउँछ । नेपाल आएर धेरै काम गर्न आउँछ ।’

हेड टु हेडको प्रिजेन्टेसनमा तीन जना निर्णायकहरु थिए । तीनै जनाले सिंगापुरकी प्रतियोगिलाई चुनेका थिए । भारतकी सुन्दरी अनुकृती भास म्यानमारकी सुन्दरीलाई पछि पार्दै टप ३० मा प्रवेश गरेकी छन् ।