३ पुष २०८२, बिहीबार
,
Latest
अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन हुदै



अ+ अ-

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज महत्वपूर्ण तीन खेल हुँदै छन् ।सातदोबाटोको एन्फा कम्प्लेक्समा आज दिउँसो २ बजेर ३० मा संकटा क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्न छ ।

लिगको तेस्रो स्थानमा रहेको संकटाले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिग लिडर मनाङ मस्र्याङ्दी क्लबसँगको अंकसँग बराबरी बनाउने लक्ष्यमा राखेको छ। यता हिमालयन शेर्पा भने संकटा क्लबलाई बराबरमा रोक्ने दाउँमा रहेको छ ।

संकटा कल्बको सातखेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोरी १८ अंक जोडेको छ । यता, हिमालयन शेर्पाले भने सात खेलमध्ये तीन खेलमा जित दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै ११ अंक बनाएको छ ।

त्यस्तै, एन्फा कम्प्लेक्सकै मैदानमा आजै हुने पहिलो खेलमा जित विहीन रहेको न्युरोड टिम एनआरटीले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल विहान ११ बजे सुरु हुनेछ ।

सरस्वती युथ क्लबले सात खेलबाट दुई खेलमा जित र पाँच खेलमा हार ब्यहार्दै ६ अंक बनाएको छ । यता, एनआरटीले भने सात खेलमध्ये ६ खेलमा हार र एक खेलमा बराबरी साथ १ अंक जोडेको छ ।

यता, हलचोकस्थित एपीएफको खेल मैदानमा विभागीय टिम एपीएफ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
एपीएफले सात खेलबाट तीन खेलमा जित, तीन खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ ।

जावलाखेलले सात खेलमध्ये एक खेलमा जित, पाँच खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै चार अंक मात्रै बनाएको छ ।