५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी एनपीएलः खेलाडी अक्सनका लागि दर्ता प्रक्रिया खुला चट्याङ लागेर एकको मृत्यु चितवन २ का मतदाता भन्छन्ः रविलाई भोट दिएर पछुतो लागेको छ प्रधानमन्त्री ओली न्युयोर्कमा राप्रपाका अध्यक्ष लिङ्देन बेलायत प्रस्थान महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन् : परराष्ट्रमन्त्री राणा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्चदेवल विनायक नगरपालिकामा सेभ हाउस निर्माण हुने



अ+ अ-

अछाम ।  पञ्चदेवल विनायक नगरपालिकाले हिंसामा परेका महिलाहरुको सुरक्षाका लागि सेभ हाउस निर्माण गर्न भएको छ ।
हिंसामा परेका महिलाहरुको सुरक्षाको लागि उक्त भवन निर्माण गर्न लागिएको नगर उप–प्रमुख अम्बिका चलाउनेले बताउनु भयो । घर वा समुदायका कारण हिंसामा परेका महिलाहरुलाई न्याय नपान्जेल सम्म उक्त घरमा राखिने उप–प्रमुख चलाउनेको भनाई छ ।उहाँका अनुसार सेभ हाउस निर्माणका लागि कार्यपालिका बैठकले बजेट समेत विनियोजन गरेको छ ।

हिंसामा परेका महिलाहरुले मुद्धा परेको समयमा पिडकले विभिन्न प्रलोभन देखाउदा पिडितले नै बयान फेर्ने गरेका कारण पनि पिडितले न्याय पाउन सकिरहेका छैनन् ।मुद्धा चलिरहेका बेला उनिहरुको बसोबार पिडक संग हुने भएकाले पिडकले विभिन्न डरत्रास देखाउदा पनी पिडितहरुले बयान फेर्ने गरेका छन । समुदायमा महिलामाथि हिंसा भईरहेपनि उनिहरु आफ्नो सुरक्षाका कारण न्याय खोज्न सकिरहेका छैनन् ।

उनिहरुमाथि घर भित्र र बाहिर हिंसा भईरहेको भएपनि न्याय नपाउने डरले हिंसा सहन बाध्य छन् । न्यायिक निकाएमा उजुरी दिए पछि कतिपय महिलाहरु घर निकाला हुनुपरेको उदाहरण समुदायमा देख्न पाईन्छ । उनिहरु कोहि माईतिघर त कोहि आफन्तकोमा गएर सरण माग्दछन । तर अब पञ्चदेवल विनायक नगरपालिकाका महिलाहरुले त्यो समस्या भोग्नु नपर्ने भएको छ ।