१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ।

दूतावासले सामाजिक सञ्जालमार्फत नेपालमा बाढीका कारण अमूल्य जीवन गुमेको तथा ठूलो भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै यस कठिन घडीमा नेपाली जनताको साथमा पाकिस्तान रहेको जनाएको हो।

दूतावासले बाढीबाट प्रभावित, बेपत्ता तथा आफ्ना आफन्त गुमाएर शोकमा रहेका सबैप्रति ऐक्यबद्धता तथा प्रार्थना व्यक्त गरेको छ।

“यस कठिन घडीमा पाकिस्तानको दूतावास नेपाली जनताको साथमा छ,” दूतावासले सन्देशमा भनेको छ।

दूतावासले बाढीबाट प्रभावित सबैको उद्धार, सुरक्षा तथा राहतका लागि शुभकामना व्यक्त गर्दै विपद्बाट प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, आफ्नो ऐक्यबद्धताको सन्देश सर्वसाधारणसम्म पुर्‍याउन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सहयोग गर्न आग्रह गरेको छ।