१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित



अ+ अ-

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको अचानक बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि भदौ ११ गते (२७ अगस्ट २०२६) आयोजना हुने तय भएको डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित गरिएको छ।

आयोजक आइसीटी फाउन्डेसन नेपालले बुधबार सूचना जारी गर्दै विपद्को विषम परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम हाललाई स्थगित गरिएको जनाएको हो।फाउन्डेसनले बाढीपहिरोबाट प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा उपचार कार्यमा खटिएका सबैप्रति सम्मान व्यक्त गरेको छ। साथै, सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

आयोजकले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको कामना गरेको छ।डिजिटल नेपाल कन्क्लेभ २०२६ को नयाँ मिति तथा अन्य आवश्यक जानकारी परिस्थितिको समीक्षा गरी केही दिनभित्र सार्वजनिक गरिने फाउन्डेसनले जनाएको छ।

कार्यक्रम स्थगित हुँदा सहभागी, साझेदार, प्रायोजक तथा शुभेच्छुकमा पर्न गएको असुविधाप्रति आयोजकले क्षमायाचना गर्दै निरन्तर सहयोग, साथ र समझदारीका लागि धन्यवाद व्यक्त गरेको छ।