२१ मंसिर २०८२, आईतवार
,
Latest
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यापार प्रबर्दंनको लागि सेलकथ अनलाइन कम्पनि संचालनमा



अ+ अ-

काठमाडौ । साना र स्थानीय व्यापार प्रबर्दंनको लागि सेलकथ नामक अनलाइन कम्पनि संचालनमा आउने भएको छ।

काठमाण्डौमा मुख्य कार्यालय रहने गरि संचालनमा आउने उक्त्त कम्पनिले वेबसाइट र एप्लिकेशन संचालनमा ल्याउने भएको हो । जसले ठुला व्यापरहरुले स-साना व्यापारलाई ओझेलमा पारिरहेको वेला स-साना व्यापरहरुको प्रवर्धनमा सहयोग पुर्याउने कम्पनीका प्रवन्ध निर्देशक सज्जन थपलियाले बताउनुभयो।

यस अनलाइन मार्फत ग्राहकहरुले सजिलै समान खरिद बिक्रि गर्न सक्नेछन सेलकथले स-साना सामानहरुको व्यापारमा टेवा पुर्याउनुको साथै नेपालमा उत्पादित सामानहरु अन्तरास्ट्रियकारण गर्न सहयोग पुग्ने थपलियाको विस्वास रहेको छ।

सेलकथको वेबसाइट र एप्लिकेशन १ जनवरी २०१९ मा लन्चहुने संचालक थपलियाले जानकारी दिए । गुगलको प्लेस्टोरमा गएर एप्लिकेशन डाउनलोड गरि त्यहाँबाट समान खरिद बिक्रि गर्न सकिनेछ भने वेबसाइट मार्फत व्यापार गर्न चहानेहरुले सेलकथको वेबसाइटमा गएर आइडी पासवोर्ड लगइन गर्न पर्नेछ साथै यसको माध्यम बाट सजिलै घरमा बसेर पैसा कमाउन सक्ने संचालकहरुको भनाइ छ।

निकट भविष्यमानै सेलकथलाई भारत र चिन सम्म पुर्याउने संचालकहरुको लक्ष्य रहेको छ।