२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद



अ+ अ-

नोहपेन्ह – कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टन भन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो ।

नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार २६ थान हात्तीका दाह्रा फेला परेका थिए । विगत केही समयदेखि नै कम्बोडियालाई अर्बौं डलरको वन्यजन्तुको अबैध चोरीशिकारी हुने पारवहन मुलुकका रुपमा हेर्ने गरिन्थ्यो ।

भन्सार विभागका निर्देशक सन छ्याएले हात्तीको बहुमूल्य दाह्रा त्यसै छाडिएको कन्टेनरभित्र फेला परेको बताउनुभयो ।

उहाँले उक्त कन्टेनर गत वर्ष नै दक्षिण अफ्रिकी देश मोजाम्बिकबाट आएको जानकारी दिनुभयो । पहिचान नखुलेको उक्त कन्टेनरका मालिक हालसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

सन छ्याएले उक्त सामग्री अरु मुलुक पठाउन यहाँको बन्दरगाह प्रयोग गरिएको हुनसक्ने बताउनुभयो । चीन र भियतनाममा बढ्दो मागका कारण तस्करहरुले वन्यजन्तुका आखेटोपहार ढुवानी गर्न कम्बोडियाको मार्ग प्रयोग हुने गरेको छ ।

कम्बोडियाको कमजोर कानुनी व्यवस्था एवं भ्रष्टाचारका कारण वन्यजन्तुको तस्करी बढेको छ, खासगरी छिमेकी मुलुक थाइल्यान्डले उक्त प्रतिबन्धित व्यापारमाथि कडाई गरेपछि तस्करहरु कम्बोडियातर्फ आकर्षित भएको पाइएको छ ।

चीन र भियतनाममा हात्ती र गैंडाका हाडखोरलाई परम्परागत औषधि र अन्य चिकित्सा क्षेत्रमा प्रयोग गरिन्छ ।




भर्खरै