२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन जनकपुरमा शुरु



अ+ अ-

जनकपुरधाम –  ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ ।

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र मैथिली साहित्य उत्सव नेपालद्वारा आयोजित सो सम्मेलनमा नेपाल र भारतका मैथिली भाषा अभियानी, साहित्यकार, कलाकार, भाषाविद् पुरातत्वविद् र संस्कृतिविद्को सहभागिता रहेको छ । सम्मेलनमा मैथिली भाषाको अवस्था, मैथिल संस्कृति, पुरातत्वाविक सम्पदा, साहित्य विवेचना, प्रादेशिक अवस्था, प्रदेश नं २ मा मैथिली भाषालाई न्याय दिलाउने विषयमा चिन्तन मनन गरी सरकारको ध्यानाकर्षण र कार्यान्वयन गराउन जनकपुर घोषणापत्र जारी गरिने जनाइएको छ ।

सो अवसरमा प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले मैथिली भाषाको सम्वेगलाई युग सम्वेगसँग समाहित गरी अगाडि बढनु जरूरी छ भन्नुभयो । उहाँले संविधानको प्रावधान, प्राचीनता र माधुर्यताले मैथिली भाषालाई कामकाजको भाषाका रूपमा आगामी दिनमा कार्यान्वयन हुन सकिने सम्भावना रहेकाले यसको स्वरूपलाई आम पाठकबीच सहजीकरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

भाषाविद् डा रामावतार यादवले भाषिक दृष्टिले प्रदेश नं २ मा अग्र रहेका कारण कामकाजको भाषाका रूपमा प्रदेश सरकारले मान्यता दिनु आवश्यक भएको धारणा राख्नुभयो । भाषा अभियानी वैधनाथ चौधरी बैजु, सुनील मल्लिक, अशोक झा, प्रवीणनारायण चौधरी, श्यामसुन्दर शशिलगायतले मैथिली भाषाको मान्यताका बारेमा अनावश्यक विवाद गर्नु चिन्ताको विषय भएको बताउनुभयो ।

समारोहमा प्रदेश प्रमुख कायस्थले गायक रामा मण्डल, साहित्यकार डा जयनारायण यादव र भाषा अभियानी स्व योगेन्द्रप्रसाद साहलाई मिथिला रत्न, भोजपुरी साहित्यकार गोपाल अश्कलाई मिथिला श्री र अभियानी दीपक झालाई अन्तर्राष्ट्रिय सद्भाव सम्मान प्रदान गर्नुुभयो । सम्मेलनका संयोजक रामभरोस कापडीको अध्यक्षतामा भएको सो समारोहमा विभिन्न कृति विमोचन र कापडिद्वारा लिखित गीत सार्वजनिक गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।