२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा विस्फोट चौधको मृत्यु



अ+ अ-

मस्को । मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिनमा भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् ।

पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ ।
सो विस्फोटपछि भवनभग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाृ सो व्यक्तिहरुमा एक बालकसमेत रहेका छन् । सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवासिय भवनमा क्षति नभएको पनि जानकारी सरकारी स्रोतले दिएको छ ।

करिब ११ सय व्यक्तिको बसोवास रहेको यस आवासिय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्टहरु ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ । यस विस्फोटबाट नयाँ वर्षका दिनमा दर्जनौको सङ्ख्यामा व्यक्तिहरु घरवारबिहीन भएका छन् । रासस