२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानी जहाज, वाइडबडी, रेलमा झापा सरर…..



अ+ अ-

सार्वजनिक लेखा समितिले वाइडवडी विमान खरिद विषयमा छानविन गर्न बनाएको उपसमितिको प्रतिवेदनले दोषी ठहराएका पर्यटनमन्त्री लगायतकाहरूलाई तत्काल पदबाट बर्खास्त गरी छानबीन प्रक्रिया अगाडि बढाउनुको सट्टा फेरि अर्को समिति बनाउनु ओली सरकारले आफ्नो सक्कली चरित्रलाई उजागर गरेको छ ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा वाइडवडी खरिदमा अनियमितता भएको छ भन्ने उल्लेख भई सकेपछी भुक्तानी दिनु र महालेखा परीक्षकसँग सल्लाह गरी भुक्तानी दिएको भनेर उपसिमितिलाई झुठो वयान दिनु वर्तमान पर्यटनमन्त्री रविन्द्र अधिकारी कमिसनको खेलमा रमाउनु बाहेक अरु केही होइन ।
त्यसो भए त्यहि प्रतिवेदनको आधारमा भुक्तानि रोकेर किन छानविन प्रक्रिया शुरू नगरेको ? मन्त्रीजी तपाई आफु नै भ्रष्टचारमा आरोपित भई सकेपछि छानविनलाई सजिलो वनाइदिन तत्काल राजीनामा दिनु राम्रो हो । यदि सो नभए प्रधानमन्त्री ज्यू आरोपीहरूलाई तत्काल जिम्मेवारीबाट मुक्त, बर्खास्त गरी छानबीन प्रक्रिया अगाडी बढाइयोस । उप समितिले दोषी ठहराई सकेपछि पुन अर्को सरकारी समिति बनाउनु भनेको आफ्ना भ्रष्ट कार्यकर्ताहरुलाई चोख्याउन खोज्नु बाहेक अरू के हो ?
जनताद्धारा निर्वाचित सार्वभौम संसदको उपसमितिले गरेको निर्णयलाई नै नमान्ने हो भने कसलाई मान्ने हो ? संसदले गरेको छानबिनलाई नमानेर मन्त्रिपरिषदले अर्काे बनाउँदा यसको जवाफ पनि प्रधानमन्त्रीले नै दिनुपर्यो कि संसद ठूलो हो कि सरकार ? के तपाईँले यो संसदको निर्णयलाई अब आगामी दिनमा थप कारबाहीका लागि देशको संवैधानिक अंगलाई त्यो प्रतिवेदन दिन सक्नुहुन्न ? अख्तियारलाई नै त्यो प्रतिवेदन जिम्मा लाउन सक्नुहुन्न ? नेपालमा पानी जहाज ! वाईड वढीका साथ ! रेलको यात्रा झापा मा सरर…..

(विष्णु सुवेदीको फेसबुक वालबाट साभार)