१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

छन्त्यालको ‘जिउनै गाह्रो’ सार्वजनिक



अ+ अ-

काठमाडौँ: गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आज विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन जान्नुपर्ने बताउनुभयो ।

“अपाङ्ग भएका व्यक्तिले कति दुःख व्यहोर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभव गरेको छु,” उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले आफ्नो कला प्रस्तुत गरेर उदाहरणीय काम गर्नुभएको छ ।”

विमोचन कार्यक्रममा ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’का प्रमुख भोजराज श्रेष्ठ, आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य खड्ग मगर र आदिवासी जनजाति चलचित्र महासङ्घका महासचिव अमर सुनुवारले कलाकार छन्त्यालले आफ्नो म्युजिक भिडियोमा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या उजागर गरेको बताउनुभयो ।

नेपाल सांस्कृतिक सङ्घका महामन्त्री रोशनी केसीले जनचेतना जगाउने खालको यस्तो म्युजिक भिडियोले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

गायिका छन्त्यालले आफू अपाङ्गता भएको भए पनि उकाली ओराली चढेर अपाङ्गता भएका क्षेत्रमा जनचेतना जगाउने खालको काम गर्दै आएको र यो पछिल्लो भिडियोले राज्य र समाजलाई झक्झक्याउने बताउनुभयो ।