२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमान्ससँगको ब्रेकअपपछि नेहा डिप्रेसनमा



अ+ अ-

बलिउडकी चर्चित गायिका नेहा कक्कर पछिल्ला दिनमा निकै तनावपूर्ण अवस्थामा देखिएकी छन्।

केही दिनअघि मात्रै उनको प्रेमी हिमान्स कोहलीसँग ब्रेकअप भएपछि नेहा तनाबको सामाना गर्दै आईरहेकी थिईन् ।

लगातार तनाव र चिन्ताले गर्दा उनको अवस्था थप जटिल बन्दै गएको भरतीय मिडियाहरुले जनाएको छ । उनलै आफैपनि आफू डिप्रेसनको शिकार भएको सामाजिक संजालमा खुलासा गरेपछि बलिउड परिवार चिन्तित बनेको छ ।

उनले लेखेकी छिन्, ‘म डिप्रेसनमा छु। सबै नकारात्मक मानिसलाई आभार। तपाईंहरु मलाई सबैभन्दा खराब पल दिन सफल हुनुभएको छ। बधाई छ। तपाईं सफल हुनुभयो।’

नेहाले कोहलीसँग ब्रेकअप भएपछि एक भावनात्मक स्टाटससमेत लेखेकी थिइन्। जहाँ लेखिएको थियो, ‘यो दूनियामा यति खराब मानिस पनि हुन्छन् भन्ने मलाई थाहा थिएन।’

नेहाले आफूले आफ्नो सबै कुरा दिएको र त्यसवापत आफूले के पाएँ भन्ने आफैलाई थाहा नभएको पोस्टमा उल्लेख गरेकी थिइन्।