९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता

कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने

कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने
अ अ+ अ-

काठमाडाैँ । कुलेखानी ड्याममा पानीको सतह बढेर ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा साइरन बजाएर पूर्वसूचना दिने व्यवस्था गरिएको छ ।

कुलेखानी प्रथम जलविद्युत केन्द्रले ड्यामको तल्लो तटीय क्षेत्रमा बग्ने खोला तथा नदी किनार आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । ड्याममा पानीको सतह बढ्दै गएर ढोका खोल्नुपर्ने अवस्था आएमा सम्भावित जोखिमबाट बचाउन साइरनमार्फत पूर्वचेतावनी दिइने केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार साइरन बजेको अवस्थामा नदी तथा खोला किनार आसपासका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्नेछ । तेस्रो पटक वा लगातार साइरन बजेको अवस्थामा नदी किनार तत्काल छाडेर उच्च तथा सुरक्षित स्थानमा जान केन्द्रले अनुरोध गरेको छ ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दाले साइरनको संकेतलाई गम्भीर रूपमा लिई सुरक्षित स्थानतर्फ जान र नदी तथा खोला किनारमा नबस्न केन्द्रले आग्रह गरेको छ।