९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता

उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल

उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल
अ अ+ अ-

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गर्नुभएको छ ।

मुख्यमन्त्री थापा मगरले आज सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका कारण खोलानाला तथा नदीको सतह बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई थप सचेत रहन, सुरक्षित रहन, र लामो यात्रा नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “मौसमजन्य प्रकोप नियन्त्रण गर्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ, मौसम र प्रकृति हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय भएकाले यसलाई नियन्त्रण गर्न सकिँदैन, तर यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण भने अवश्य गर्न सकिन्छ र त्यसैमा हाम्रो प्रयत्न जारी छ ।”
विपद् जोखिम न्यूनीकरणका निकाय एवं प्रदेश मातहतका सुरक्षा निकायदेखि सरोकारवालाहरु कुनै पनि घटनामा तत्काल उद्धारका लागि सक्रिय रहने गरि तयारीमा रहनसमेत आग्रह गर्नुभयो ।