९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा

कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा
अ अ+ अ-

काठमाडाैँ । अविरल वर्षाका कारण कान्ति राजमार्गमा विभिन्न तीन स्थानमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडकको उचित निकास नहुँदा पहाडी भिरालोबाट बगेको पानी सिधै सडकमा पस्दा सडकको पिच उप्किने र ग्याबिन पर्खालसमेत जोखिममा पर्ने देखिएको हो ।

कान्ति राजमार्गमा देखिएको पछिल्लो सडक अवरोधले स्थानीयवासी र यात्रुलाई सास्ती दिएको छ । सडक निर्माणका क्रममा आवश्यक पर्ने पानी निकासको दिगो प्रवन्ध नहुँदा सामान्य वर्षामा समेत ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था आएको हो । सडकको माथिल्लो भागबाट आएको भलपानी नाली हुँदै सुरक्षित स्थानमा लैजानुको साटो सडकको पिचमै बग्न दिइएको छ ।

सडक किनारमा रहेका ग्याबिन पर्खालहरू पानीको तिब्र बहावका कारण कमजोर बनेका छन् । सडक सुरक्षाका लागि अपनाउनुपर्ने प्राविधिक मापदण्डहरू पालना नहुँदा र समयमा मर्मतसम्भार नहुँदा कान्ति राजमार्ग बारम्बार अवरुद्ध हुने गरेको छ ।