२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ फिल्ममा हिरोको भन्दा बढी पारिश्रमिक लिने यि अभिनेत्रीहरु……….



अ+ अ-

मुम्बई । अक्सर बलिउडमा पुरुष प्रधान फिल्म धेरै बन्ने गरेको आरोप लाग्दै आएको छ । केही हदसम्म यो सही पनि हो । केही फिल्म छोड्ने हो, भने बलिउडका अधिकांश फिल्म अभिनेतामा निर्भर छन् ।


सलमान खान, शाहरुख खान, आमिर खान, रणवीर सिंह जस्ता बलिउडमा कयौं नाम छन् । जो फिल्मको सफलताको ग्यारेन्टी मानिने गरिएको छ । अभिनेत्रीको सामथ्र्यमा कोही फिल्म बनाउन चाहँदैन ।


पारिश्रमिकको कुरा गर्ने हो भने अभिनेत्रीको फिस अभिनेताको भन्दा धेरै कम हुने गरेको छ । अहिले चर्चा बलिउडका ती ५ फिल्मका अभिनेत्रीको गर्न खोजिएको छ । जुन फिल्मका निर्माताले अभिनेत्रीका लागि हिरोको भन्दा बढी फिस तिरेका छन् ।

करीना कपूर
फिल्म ‘कुर्बान’ का लागि निर्माताले अभिनेत्री करीनालाई अभिनेता सैफअली खानको भन्दा पनि बढी पारिश्रमिक तिरेका थिए ।

कंगना रनौत
कंगनाले क्वीन, तनु वेड्स मनु जस्ता फिल्म मार्फत अभिनेत्रीको बलमा पनि फिल्म चल्छ भनेर साबित गरिदिएकी छन् । उनले यस फिल्मका लागि ११ करोड भन्दा बढी पारिश्रमिक लिएकी थिइन् । फिल्म कट्टी बट्टीमा पनि कंगनाले इमरान खानभन्दा धेरै फिस लिएको बताइएको छ ।

दीपिका पादुकोण
एक अन्तवार्ताको क्रममा अभिनेता अमिताभ बच्चन आफैंले बताएका थिए । अभिनेत्री दीपिकाले फिल्म पिकुका लागि आफूभन्दा बढी रकम लिएकी थिइन् । सोही क्रममा उनले फिल्ममा दीपिकाको भूमिका आफ्नो भन्दा धेरै भएको समेत खुलाएका थिए । उनले अभिनेत्रीको पारिश्रमिक पनि पुरुष भन्दा बढी भएकोमा खुसी व्यक्त गरेका थिए ।

यस्तै फिल्म पद्यावतका लागि दीपिकाले यसका हिरो रणवीर सिंह र शाहिद कपुरको तुलनामा बढी पारिश्रमिक लिएकी थिइन् ।

दीपिकाले फिल्मका लागि १३ करोड, रणवीरले ११ करोड र शाहिदले १० करोड पारिश्रमिक लिएका थिए ।

माधुरी दीक्षित
९० को दशकमा सबैभन्दा रुचाइएको फिल्म मध्ये एक थियो ‘हम आपका है कौन’ । यस फिल्ममा सलमान खानको तुलनामा माधुरी दीक्षितको कयौं बढी पारिश्रमिमक मिलेको थियो । सो समय माधुरी सुपरस्टार थिइन्, भने सलमान खान नयाँनयाँ थिए ।