१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो



अ+ अ-

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइएको छ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) बाट मात्रै २९ टन खाद्य सामग्री प्राप्त भएको जनाइएको छ। उक्त खाद्य सामग्रीसहित ३० टनभन्दा बढी राहत सामग्री सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको हो।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री प्रभावित क्षेत्रमै पठाइएको बताइएको छ। बाढी प्रभावित क्षेत्रमा खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न खाद्य सामग्रीको आपूर्ति तथा वितरणलाई थप व्यवस्थित बनाउने तयारीसमेत भइरहेको जनाइएको छ।