१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी



अ+ अ-

काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरणले साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ।

प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्ने प्रयास गरिरहेको जनाएको छ। त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

साञ्जेन जलविद्युत् गृहबाट विद्युत् उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न मेसिनको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ।
आवश्यक प्राविधिक सहयोग समयमै जुटेमा आज साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

बाढीबाट प्रभावित भई तत्काल राष्ट्रिय विद्युत् प्रणालीमा जोड्न सम्भव नहुने अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जालगायत वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।

बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत गरी नियमित विद्युत् आपूर्ति पुनःस्थापना गर्ने कामसँगै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ।