१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र



अ+ अ-

काठमाडौं । नेपाल–चीन सीमास्थित केरुङ (जिरोङ) नाका जोड्ने अवरुद्ध सडकखण्ड मर्मत गरी यातायात सञ्चालनमा ल्याउन उद्धारकर्मीहरूले प्रयास तीव्र पारेका छन्।

गत अगस्ट २६ मा नेपालतर्फ खसेको हिम–पहिरो (आइस–रक एभलान्च) का कारण आएको भीषण लेदोसहितको पहिरोले केरुङ नाका क्षेत्रमा सडक तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता अवरुद्ध रहेको महत्वपूर्ण व्यापारिक मार्ग पुनः सञ्चालनमा ल्याउन उद्धार तथा प्राविधिक टोलीहरू अहोरात्र कार्यक्षेत्रमा खटिएका छन्।

सोमबार मध्याह्नसम्मको प्रगति विवरणअनुसार उद्धारकर्मीहरूले नाकाबाट करिब १.१ किलोमिटर दूरीसम्मको सडक सफा गरिसकेका छन्। क्षतिग्रस्त सडकखण्डको मर्मत तथा पहिरोले थुपारेको लेदो र अन्य अवरोध हटाउने कामलाई उच्च प्राथमिकतामा राखिएको छ।

उद्धारकर्मीहरूले सडक सफाइ र मर्मतको काम द्रुत गतिमा अघि बढाउँदै केरुङ नाकालाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम गरिरहेका छन्। नेपाल–चीनबीचको महत्वपूर्ण व्यापारिक मार्ग भएकाले नाका सञ्चालनमा ल्याउन सडक पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाइएको हो।