९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली

जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता विकासशील तथा जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको क्षतिपूर्ति विकसित मुलुकले दिनुपर्ने बताउनुभएको छ।

सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले जलवायुजन्य तथा पर्वतीय विपद्का लागि नेपालजस्ता मुलुक जिम्मेवार नरहेको बताउनुभयो।

उहाँले मानवीय कारणबाट हुने पर्वतीय तथा अन्य विपद्मा नेपालको योगदान न्यून रहेको भन्दै वातावरण विनाशमा बढी योगदान गर्ने विकसित मुलुकले त्यसबाट सिर्जित क्षतिको जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो।

अध्यक्ष ओलीले आफूले संयुक्त राष्ट्रसंघमा समेत जलवायुजन्य क्षतिपूर्तिको विषय उठाएको स्मरण गर्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदायको पर्याप्त ध्यान जान नसकेको बताउनुभयो। रसुवा बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट नेपालले प्राप्त गरिरहेको सहयोगप्रति धन्यवाद दिँदै उहाँले जलवायु क्षतिपूर्तिको विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, “पर्वतीय विपद्मा मानवीय कारणले जे–जति भएको छ, त्यसमा नेपालजस्ता देश जिम्मेवार छैनन्। हाम्रो किञ्चित पनि जिम्मेवारी छैन, विकसित देशहरूको जिम्मेवारी छ। त्यसकारण वातावरण विनाशमा योगदान नगरेका नेपालजस्ता जोखिममा रहेका देशले क्षतिपूर्ति पाउनुपर्छ।”

अध्यक्ष ओलीले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान गर्ने तर उत्सर्जनमा न्यून योगदान भएका देशले जलवायुजन्य क्षतिको भार व्यहोर्नुपर्ने अवस्था अन्यायपूर्ण रहेको बताउनुभयो। कार्बन ट्रेडको अवधारणालाई न्यायको अंगका रूपमा स्थापित गर्दै नेपालले त्यसमा आफ्नो दाबी प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो।

रसुवा बाढीमा अन्तर्राष्ट्रिय समुदायले गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले तत्कालीन राहत सहयोग मात्रै पर्याप्त नहुने बताउनुभयो। एउटा घर वा कार्यालय बगाउँदा नै ठूलो भौतिक क्षति हुने उल्लेख गर्दै जलवायु परिवर्तनबाट प्रभावित मुलुकका लागि दीर्घकालीन क्षतिपूर्तिको व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले रसुवामा आएको बाढीलाई तत्कालको विपद्का रूपमा मात्र नहेरी भविष्यमा अझ ठूलो जोखिम आउन सक्ने संकेतका रूपमा बुझ्नुपर्ने पनि बताउनुभयो।