१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक



अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रिय कमिटीले बाढीपीडितको सहयोगार्थ पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

सोमबार च्यासलमा आयोजित कार्यक्रममा एमाले केन्द्रिय कमिटीका तर्फबाट बाढीपीडितको राहत तथा सहयोगका लागि अध्यक्ष ओलीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि एमालेले राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

चेक हस्तान्तरण कार्यक्रम २०८३ भदौ १५ गते च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको हो।