९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सौराहा प्रदूषित बन्दै

सौराहा प्रदूषित बन्दै
अ अ+ अ-

रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जको हरियालीबीच बगेको राप्ती नदी । काखैमा रहेको पर्यटकीय गन्तव्य सौराहा । सौराहा दुर्लभ एक सिङ्गे गैँडा, काँडे भ्याकुर र पाटे बाघको बासस्थान हो ।

यहीँको प्रकृतिसँग रमाउन दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । सौराहा हेर्दा रमणीय र स्वच्छ देखिन्छ तर, प्रदूषण मात्रा पनि यहाँ डरलाग्दो रुपमा बढिरहेको छ ।

हालै वन तथा वातावरण मन्त्रालय वातावरण विभागले हावामा धुलो मापन गर्दा देशकै प्रमुख पर्यटकीय गन्तव्य सौराहा क्षेत्र तेस्रो स्थानमा परेको छ । देशभरका १९ ठाउँमा गरेको मापनअनुसार काठमाडौँ पहिलो र लुम्बिनी दोस्रो स्थानमा छन् । विभागका प्रविधि उपसचिव शंकरप्रसाद पौडेलले भन्नुभयो – “हिउँदको समयमा लुम्बिनी जस्तै सौराहामा पनि प्रदूषण देखिएको छ । हावामा धुलोका मसिना कणहरु प्रशस्त पाइएको छ ।”

सौराहा क्षेत्रले चितवन जिल्लाकै प्रतिनिधित्व गर्ने हुनाले पूरै जिल्लाको हावामा अत्यधिक मात्रामा धुलोका कणको उपस्थिति रहेको आकलन गर्न सकिन्छ ।

“सौराहाको वातावरण सन्तोषजनक छैन, नजीकै वनजङ्गल, उद्योगहरु नभए पनि सौराहा प्रदूषणयुक्त देखियो,” उपसचिव पौडेलले भन्नुभयो – “तराईका जिल्लामा हुने आगलागी, चितवन राष्ट्रिय निकुञ्जमा लाग्ने डढेलोलगायतका कारण सौराहामा प्रदूषण बढी देखिएको हुनु्पर्छ ।”

सन् २०१७ को मापनअनुसार सौराहा क्षेत्रको हावामा वार्षिक औसतमा ९२ दशमलव १ धुलोको कण पाइएको थियो ।
विभागका अनुसार सौराहा क्षेत्रको वातावरणीय प्रदूषणलाई न्यून गर्न स्थानीय सरकारले उपयुक्त योजना तयार गरी कार्यान्वयनमा लैजान सक्ने वातावरणविद्हरु सुझाउँछन् ।

सौराहासँगै जोडिएको चितवन राष्ट्रिय निकुञ्जको कुल क्षेत्रफलको १२ प्रतिशत घाँँसे मैदानमा डढेलो लगाइन्छ । निकुञ्जका अनुसार दुर्लभ एक सिङ्गे गैँडालाई संरक्षण गर्ने उद्देश्यले पौष्टिक आहारयुक्त घाँस उत्पादन गर्न डढेलो लगाउने गरिएको हो ।

डढेलोले जलवायु परिर्वतनमा प्रतिकूल असर पार्नाका साथै स्थानीय वस्तीहरुमा प्रदूषण फैलाएको छ । यसको असर सौराहामा मात्र नभई पूरै जिल्लाभर फैलिएको छ । वातावरणविद्हरुका अनुसार निकुञ्जले प्रदूषणलाई न्यून गर्न ठूलो भूमिका खेलेको छ । निकुञ्जले प्रदूषणलाई कम नगरेको भए सौराहा आसपासका क्षेत्र मानिस बस्न लायक हुँदैन्थ्यो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले सौराहाको हावामा भेटिएको धुलोका कणको तथ्याङ्कले आफूलाई भस्काएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो – “जङ्गलमा डढेलो लाग्छ । खरानी सौराहामा आउँछ । त्यही बेलाको तथ्याङ्क विभागले लिएको हुनुपर्छ ।”

प्रमुख वनले सौराहामा पहिलो जस्तो प्रदूषण नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो – “रत्नगर नगरपालिकाले वातावरणमैत्री वडा घोषणा गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा प्लाष्टिक निषेध छ । सौराहाको वातावरण पवित्र बन्दै गएको छ ।”

प्रमुख वनले लोथरलगायतका खोलामा गाडी धुने गरेका कारणले पनि प्रदूषण बढेको बताउनुभयो । उहाँले भन्नुभयो – “अब निश्चित ठाउँमा गाडी धुने व्यवस्था गरिनुपर्छ । जहाँ पायो त्यहीँ, अझ बस्तीको माझमा रहेको खोलामा गाडी धुन रोकिनुपर्छ ।” आफू रत्ननगरलाई ‘ग्रीन सिटी’ बनाउन लागिपरेको जानकारी पनि उहाँले दिनुभयो ।

जङ्गलमा पर्यटकलाई वन्यजन्तु देखाउने नाममा डढेलो लगाउने प्रचलन रोकिनुपर्ने र निकुञ्जका खर तथा झाडीहरुको व्यवस्थित कटानका लागि ‘ग्रास कटिङ’ को व्यवस्था गरिनुपर्ने उहाँको सुझाव छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली वनमा लागेका डढेलाले सौराहामा प्रदूषण बढाएको ठान्नुहुन्छ ।

उहाँले भन्नुभयो – “वनमा डढेलो होइन, ग्रास कटिङ मेसिन ल्याएर खर र झाडीहरु फालिनुपर्छ ।”

प्रदेश २ का तराईका जिल्लामा भएको प्रदूषणको मार सौराहा क्षेत्रले खेप्नु परेको व्यवसायीहरुको भनाइ छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरे यो समस्यामाथि बेलैमा सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने बताउनुहुन्छ । “सौराहा र चितवनकै अस्तित्व जोगाउन जनचेतना फैलाउनुपर्छ,” उहाँले भन्नुभयो – ‘वायु प्रदूषणका कारक डढेलो नियन्त्रण गर्न वैकल्पिक उपायहरु खोजिनुपर्छ । एक तर्फको संरक्षण गर्दा अर्को तर्फको विनाशमा ध्यान पुग्नुपर्छ ।”

निर्माण कार्यले प्रदूषण बढायो

चितवनको आकाश पछिल्लो समय धुलाम्ये बन्दै गएको छ । यसको मुख्य कारण हो पूर्वाधार निर्माणका गतिविधि । “केही वर्षअघि चितवनको आकाश यस्तो थिएन,” भरतपुर महानगरपालिका–९ का सुजन अधिकारीले भन्नुभयो – “जताततै बाटाको काम भइरहेको छ । सबै धुलो आकाशमा थुप्रिन गएको छ ।”

हिउँदको समय धुलो उड्ने भएकाले माक्सको प्रयोग गर्नै पर्ने अवस्था आएको छ । स्थानीय तहको निर्वाचनपछि चितवनका अधिकाँश सडकहरु अहिले चौडा पार्ने, स्तरोन्नति र कालोपत्र गर्ने कार्य भइरहेका छन् । निर्वाचनका समय मतदाताले सडक निर्माणलाई नै प्राथमिकतामा पारेकाले चितवनका सबै स्थानीय तहले अन्य क्षेत्रको बजेट पनि पूर्वाधार निर्माणमै लगाएका छन् । अहिले पूर्वी र पश्चिम चितवनमा नयाँ कालोपत्र थप्ने काम भइरहेका छ भने भरतपुर महानगरपालिकामा रहेको बाइपास रोड फराकिलो बनाइँदैछ । पछिल्लो समय चितवनमा देखिएको सवारी साधनको तीव्र वृद्धिले ध्वनि र वायु प्रदूषणलाई बढाएको प्रष्ट छ ।

शहरीकरणसँगै ध्वनि प्रदूषण

काठमाडौँको झल्को दिने यातायातको चाप यस जिल्लामा देखिन थालेको छ । नारायणगढको पुल चोक, शहीद चोक र लाइन्स चोकमा बाटो काट्न पनि मुश्किल हुन्छ । सर्वसाधारण जनताले बाटो काट्न आकाशे पुलको आवश्यकता महसुस गर्न थालेका छन् ।

सबै चोकहरुमा सवारी साधनको अत्यधिक चाप भएकै कारण दुई÷तीनजना ट्राफिक प्रहरी खटाइएका छन् । पुल चोकमा सवारी चाप व्यवस्थित गर्न प्रहरीलाई बिहान र बेलुकी दुबै समयमा हम्मेहम्मे परिरहेको दृश्य देख्न सकिन्छ । बढ्दो सवारी साधनसँगै ध्वनि प्रदूषणलाई नियन्त्रण गर्न जिल्ला ट्राफिक कार्यालयले भरतपुर चक्रपथ क्षेत्रमा हर्न बजाउन निषेध गरिसकेको छ । भरतपुरको नारायणगढ, केन्द्रीय बसपार्क, आँपटारी हुँदै पुल चोकसम्मको चक्रपथ क्षेत्रमा हर्न बजाउन एक वर्षअघिदेखि प्रतिबन्ध लगाइएको छ । यस क्षेत्रमा आपत्कालीन अवस्थामा मात्र हर्न बजाउन पाइन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले सवारीको अत्यधिक चापसँगै उत्पन्न ध्वनि प्रदूषणलाई कम गर्न महानगरको चक्रपथमा हर्न बजाउन निषेध गरिएको जानकारी दिनुभयो ।

“धेरैले अर्काका गाडीलाई नाघेर जान अनावश्यक रुपमा धेरै समयसम्म हर्न बजाएका पायौं,” उहाँले भन्नुभयो – “ध्वनि प्रदूषण कम गर्न चक्रपथभित्र हर्न बजाउन निषेध गरेका छौं । हर्न बजाए जरिवाना गर्ने प्रावधान लागू गरेका छौं ।”

विस २०२२ सालमा चितवनमा बस्ती बस्दा बनेका सडकहरुको अवस्थामा बदलिएको छैन तर, जिल्लामा सडकको अनुपातमा सवारी साधन अकल्पनीय रुपमा बढेका छन् । फलतः ध्वनि प्रदूषण बढ्न पुगेको छ ।

अठहत्तरौँ जिल्लाको रुपमा समेत चिनिने चितवनमा जनघनत्वसँगै सवारी साधन पनि त्यही अनुपातमा वृद्धि हुँदै गएको पाइन्छ । यही कारण चितवनका मुख्य सडकभन्दा पनि भित्री सडकमा दुर्घटनाका घटनाहरु बढेका छन् । बढ्दो शहरीकरणसँगै यहाँ यातायातको व्यवस्थापनमा थप चुनौती सिर्जना भएको छ ।