२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसकारण हटाइयो कन्जुमर इलेक्ट्रोनिक्स शोमा महिला सेक्स टोय………



अ+ अ-

अमेरिकाको लस भेगासमा आयोजित सन् २०१९ को कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) बाट महिलाका लागि डिजाइन गरिएको एउटा सेक्स टोयलाई प्रतिबन्धित गरिएको छ ।

इन्नोभेसन अवार्ड प्राप्त गरेसँगै सीईएसमा प्रदर्शनीका लागि आमन्त्रित भएको ओसे भाइब्रेटर नामक रोबोटिक सेक्स टोयलाई सीईएसको आयोजक कन्जुमर टेक्नोलोजी एसोसिएसनले प्रदर्शनीबाट हटाएको हो ।

लोरा डिकार्लो कम्पनीले निर्माण गरेको उक्त भाइब्रेटर अश्लील भएको र भुलवस त्यसलाई प्रदर्शनीमा समावेश गरिएकोमा पहिलो दिनमै हटाइएको आयोजकको भनाइ छ ।

आयोजकले भनेको छ, ‘यो प्रडक्ट हाम्रो विद्यमान कुनै पनि प्रडक्ट क्याटेगोरीमा पर्दैन । त्यसैले यो सामान स्वीकार्य हुँदैन ।’

आयोजकले यसका लागि निर्माता कम्पनीसँग माफी पनि मागेको छ ।

तर निर्माता कम्पनी लोरा डी कार्लोले भने सीईएस आयोजकले महिलामुखी धेरै विद्युतीय सामाग्री निषेध गरेको आरोप लगाएको छ ।

लोरा डी कार्लोका प्रमुख कार्यकारी लोरा ह्याडोकले सीईएस आयोजकले लंैगिक विभेद गरेको आरोप लगाएका छन् ।

कम्पनीका अनुसार आयोजकले महिलाका लागि बढी लक्षित गरिएको दुईवटा रोबोटिक भ्याकुम क्लिनर, रोबोटिक स्केटबोर्ड, चार प्रकारका बच्चाका खेलौना तथा सपिङमा सघाउने रोबोटलगायतका सामान पनि प्रदर्शनीमा सहभागी गराउन दिएन ।

प्रतिबन्धित गरिएको भाइब्रेटर रोबोटिक तथा ड्रोन क्याटेगोरीमा पर्ने दाबी उसको छ । ओरेगन स्टेट विश्वविद्यालयको रोबोटिक्स ल्याबसँगको सहयोगमा उक्त भाइब्रेटर निर्माण गरिएको र विभिन्न ८ वटा पेटेन्ट अधिकारका लागि पनि दाबी गरिएको कम्पनीको भनाइ छ ।

कम्पनीकी प्रमुख ह्याडोकका अनुसार आयोजकले पुरुषका लागि काम लाग्ने सेक्स रोबोट तथा भिआर पोर्नलाई भने प्रदर्शनीमा ठाउँ दिएको छ ।

समारोह स्थलबाट सेक्स भिडियो भर्चुअल रियालिटी पोर्न कक्षसम्मका लागि आगन्तुकलाई बसको व्यवस्था समेत गरिएको छ ।

सीईएसमा रोबोटिक भाइब्रेटरलाई प्रवेश नदिएपछि सोसल मिडियामा महिला अधिकारकर्मीहरु आक्रोसित बनेका छन् । ट्वीटरमा ह्यासट्याग
#CESGenderBias ट्रेण्डिङ बनेको छ ।

बीबीसी