२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले डिनरका लागि पाहुना बोलाएर फास्टफुड खुवाएर पठाए



अ+ अ-

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिनरका लागि बोलाइएका पाहुनालाई फास्टफुड खुवाइर बिदा गरेका छन् । ह्वाइट हाउसमै डिनरका लागि निम्त्याइएका ती पाहुनालाई रेस्टुरेन्टबाट मगाइएका फास्टफुड खुवाएर पठाइएको हो ।

समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति ट्रम्पले सोमबार साँझ एउटा कलेजको फुटबल टिमलाई सम्मान गर्नका लागि ह्वाइट हाउसमा बोलाएका थिए । डिनरसहितको कार्यक्रम रहे पनि उनले फास्टफुड खुवाएर खेलाडीलाई बिदा गरेका हुन् ।

बजेट पारित नहुँदा अमेरिकाका संघीय कर्मचारीहरु तीन हप्ताभन्दा लामो समयदेखि तलबविहीन भएका छन् । कयौं कार्यालय बन्द छन् । कर्मचारीहरु बिदामा बस्न थालेका छन् । ह्वाइट हाउसका भान्छेसमेत बिदामा गएका कारण राष्ट्रपति ट्रम्पले ती फुटबल खेलाडीलाई डिनरको व्यवस्था गर्न नसकेका हुन् ।

उनले आफ्नै नीजि खर्चमा रेस्टुरेन्टबाट फास्टफुड मगाएर खुवाउनु परेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । एजेन्सी




भर्खरै