२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले डिनरका लागि पाहुना बोलाएर फास्टफुड खुवाएर पठाए



अ+ अ-

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिनरका लागि बोलाइएका पाहुनालाई फास्टफुड खुवाइर बिदा गरेका छन् । ह्वाइट हाउसमै डिनरका लागि निम्त्याइएका ती पाहुनालाई रेस्टुरेन्टबाट मगाइएका फास्टफुड खुवाएर पठाइएको हो ।

समाचार एजेन्सीहरुका अनुसार राष्ट्रपति ट्रम्पले सोमबार साँझ एउटा कलेजको फुटबल टिमलाई सम्मान गर्नका लागि ह्वाइट हाउसमा बोलाएका थिए । डिनरसहितको कार्यक्रम रहे पनि उनले फास्टफुड खुवाएर खेलाडीलाई बिदा गरेका हुन् ।

बजेट पारित नहुँदा अमेरिकाका संघीय कर्मचारीहरु तीन हप्ताभन्दा लामो समयदेखि तलबविहीन भएका छन् । कयौं कार्यालय बन्द छन् । कर्मचारीहरु बिदामा बस्न थालेका छन् । ह्वाइट हाउसका भान्छेसमेत बिदामा गएका कारण राष्ट्रपति ट्रम्पले ती फुटबल खेलाडीलाई डिनरको व्यवस्था गर्न नसकेका हुन् ।

उनले आफ्नै नीजि खर्चमा रेस्टुरेन्टबाट फास्टफुड मगाएर खुवाउनु परेको अमेरिकी संचारमाध्यमले जनाएका छन् । एजेन्सी