• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   ताप्लेजुङमा बाढी पहिरोबाट दार्जनौँ परिवार विस्थापित ★   उर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक: अध्यक्ष लिङदेन ★   टी–२० विश्वकप: सुपर आठ खेल्ने ७ टोलीको टुंगो, यस्तो छ तालिका ★   चुरे दिवस: कसले सुन्ला चुरेका कुरा ? ★   “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” प्रतिनिधि सभामा प्रश्तुत ★   मेलम्ची खानेपानी काठमाडौं पथान्तरण गर्न नगरपालिकाबाट कुनै व्यवधान हुँदैन: मेयर तामाङ ★   तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य ★   सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने ★   चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको सहकार्य अपरिहार्य: प्रधानमन्त्री ★   दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान

कंगना र करणीको वाकयुद्ध जारी, के भन्छन् त ?



नयाँदिल्ली । बलिउडकर्मी कंगना रनोट र करणी सेनाबीच केही समययता चल्दैआएको वाकयुद्धमा कंगनाको पछिल्लो अभिव्यक्तिले तरंग ल्याएको छ ।


मणिकर्णिकाको प्रमोशन इभेन्टमा पुगेकी कंगनाले भनिन्, ‘म कसैसँग पनि माफी माग्दिन । जब मेरो केही छै भने माफी किन रु मैले आश्वासन दिएँ कि फिल्ममा केही पनि गल्ती देखिएको छैन ।’

‘उ भारतकी चेली हो, मेरो नातेदार हैन’

कंगनाले रानी लक्ष्मीबाईको लागि ‘मणिकर्णिका भारतकी चेलीको एक फिल्म’ भन्दै टिप्पणी समेत गरेकी छन् । साथै आफूहरु मिलेर फिल्म अघि बढाउनुपर्ने उनको भनाइ थियो । कंगनाले उनलाई आफ्नो मात्रै नातेर नभएर समग्र भारतकै चेली भएको भन्दै व्यंग्य समेत गरिन् ।

‘मेरो लागि पनि उ त्यही हो, जे सबको लागि हो,’ कंगनाले भनिन् । यसकारण पनि करणी सेनाले आफूलाई साथ दिनुपर्ने कंगनाको भनाइ छ । तर सेनाको यस्तो ‘फाल्तु ईगोलाई ईस्यु बनाउनुको जरुरत नभएको’ भन्दै उनले आक्रोश पोखेकी छन् । कंगनाले अघि भनेकी छन्, ‘म यहाँ कसैसँग माफी माग्न बसेकी हैन ।’

खासमा महाराष्ट्र करणी सेनाका अध्यक्ष अजय सिंह सेंगरले कंगनाको फिल्मको सेट नै जलाइदिने धम्की दिएका छन् । यतिसम्म कि, कंगनाले करणी सेनालाई धम्की दिने हो भने उनलाई महाराष्ट्रमा हिँडडुल गर्न समेत प्रतिबन्द्ध गरिदिने भन्दै अजयले धम्की दिए ।

कंगनाले भने प्रष्टिकरण स्वरुप आफ्नो फिल्मले इतिहासलाई प्रमाणित गरेको भन्दै आफूले गल्ती नगरेको बताएकी हुन् । आफूलाई सेन्सरको सर्टिफिकेट पनि मिलेको भन्दै करणी सेनाले आफूलाई दुख दिएको भन्दै त्यससँग नझुक्ने चेतावनी दिएकी हुन् । एजेन्सी