७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरीमा भोलि हिउँ पर्ने



अ+ अ-

काठमाडौंको चन्द्रागिरीलगायत उपत्यकाका अग्ला भूभागमा भोलि हिउँ पर्ने भएको छ।

शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको हुनुपर्छ, शुक्रबार काठमाडौं आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रागिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ’, मौसमविद् वरुण पौडेलले भने।

जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको र आज बिहान काठमाडौं आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ।

शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौं पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए।

‘आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ’, मौसमविद् पौडेलले भने।(रासस)