१५ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन्…



अ+ अ-

ओखलढुंगा । गत वर्षको असोज महिनामा रीजा गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो । सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजन भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

फोनबाटै एकअर्कालाई मन पराउन थालेका रीता र सुनिलले पहिलो भेटपछि विवाह गर्ने निधोमा पुगे ।

उनीहरुले वैशाख १३ गते मानेभन्ज्याङ बजारबाट भागेर विहे गरे । विवाह गर्दा सुनिल १७ र रीता १३ वर्षका थिए ।

उनीहरु सँगै बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । घर आएर उनी बाली उठाउन गाँउ जानुपर्ने थियो । एक घन्टापछि रीता घाँस लिएर घर फर्किदा उनीहरु सुत्ने कोठाको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाइन्, भित्रबाट कुने आवाज आएन । ’ ढोकाको भित्रबाट चुकुल लागेको थियो, मैले बोलाएँ, केही बोलेनन्’, उनले भनिन्, ‘तर झ्यालबाट जान सकिने थियो गएर हेर्दा सुनिलले झुन्डिएर आत्महत्या गरिसकेका रहेछन् ।




भर्खरै