१५ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

“सरकार बिचौलियाको हो ?”– हृदयेश त्रिपाठी



अ+ अ-


काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद हृदयेश त्रिपाठीले वर्तमान सरकारको चर्को आलोचना गर्नुभएको छ ।
उहाँले तराईका उखु किसानले समयमै उखुको भुक्तानी नपाएकोमा रोश प्रकट गर्दै भन्नुभयो– “यो सरकार कसले चलाइरहेको छ ? सरकारले आफ्ना निर्णयहरु लागू गराउन सक्दैन भने कृषि मन्त्रालय नै खारेज गरिदिए हुन्छ ।”
उहाँले उखु किसानको पिरमर्काप्रति टिप्पणी गर्दै भन्नुभयो, “सबै तथ्यहरु केलाउँदा यो सरकार विचौलियाले चलाएको जस्तो देखिन्छ ।”
“जसलाई लाज लाग्नुपर्ने हो, उसैलाई लागेको छैन । विचौलिया मालामाल भइरहेका छन्, किसान पीडित छन् । उखुको खरिद समर्थन मूल्य तोक्यो, मिलहरुले किसानको पैसा दिएका छैनन् । भ्याट छुट बापत उद्योगीलाई नदिई किसानलाई सोझै दिने भनिएको छ । तर किसानले पाएका छैनन् । २५–३० प्रतिशत किसानले मात्र विगतको सुविधा पाएका छन् । यसवर्ष त पाएकै छैनन् ।” उहाँले भन्नुभयो ।
सांसद त्रिपाठीले अगाडि भन्नुभयो, “चिनी मिलहरु निर्धारित समयभन्दा झण्डै डेढ महिना पछि मात्र चलेका छन् । सरकारको नियत देखेर हो कि, बलियो सरकार भनेर डराएर हो कि यसपटक मिल ढिलो खुले । सरकारले निरिहता प्रदर्शन गरेको छ । सरकार लाचार भएर सुतिरहेको छ ।”
उखु समयमै खरिद नगर्दा यसको असर चिनी उत्पादनमा पर्नेछ भन्दै उहाँले भन्नुभयो, “यस पटक जेठ असारमा चिनीको संकट देखिने छ । आउँदो जेठ असारमा चिनीयको पुनः संकट हुनेछ । त्यसपछि आयातका लागि पुनः प्रयत्न थालिनेछ ।”
विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद डा डीला संग्रौलाले नेपालको सामाजिक, आर्थिक विकासमा अमेरिकी सहयोग ठूलो भएपनि अहिले सरकार र उसको पार्टी अमेरिका विरोधी खेमामा उत्रिएर वक्तव्यबाजीमा लागेको आरोप लगाउनुभयो । उहाँले सत्तारुढ दल र सरकारको यस्तो कृयाकलापले मुलुकलाई थप सङ्कटतर्फ लैजाने बताउनुभयो ।
सांसद संग्रौलाले संवैधानिक निकायका पदाधिकारी चयन गर्दा प्रतिपक्षी दलका नेतालाई सामेल गर्नैपर्ने संवैधानिक व्यवस्था भएपनि त्यसलाई बेवास्ता गरी संविधानको अपहेलना भइरहेको छ भन्नुभयो ।
सरकारले विश्वविद्यालयहरुलाई अस्तव्यस्त बनाएको आरोप लगाउँदै उहाँले प्राज्ञिक संस्थाहरुलाई स्वतन्त्र रुपमा सञ्चालन हुन नदिएर सरकारले सिनेट र सभाहरु रोकेको बताउनुभयो ।




भर्खरै