१५ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा चट्याङ लागेर दुई जनाको मृत्यु



अ+ अ-


अमरगढी: डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् ।

दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।

यस्तै चट्याङ लागेर रुपालीगाडकै १५ वर्षीय देवेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ, १२ वर्षीया शान्ति नाथ र आठ वर्षीय खगेन्द्र नाथ घाइते भएका छन् ।

घाइते चारै जनाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।




भर्खरै