१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा चट्याङ लागेर दुई जनाको मृत्यु



अ+ अ-


अमरगढी: डडेल्धुरामा चट्याङ लागेर आज दुई जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका– ५ रुपालीगाडका २० वर्षीया सरस्वती नाथ र अमरगढी नगरपालिका–३ रजौडाका ४८ वर्षीय गोमन देउल्याल रहेका छन् ।

दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । नाथ र देउल्याललाई घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।

यस्तै चट्याङ लागेर रुपालीगाडकै १५ वर्षीय देवेन्द्र नाथ, १४ वर्षीया कल्पना नाथ, १२ वर्षीया शान्ति नाथ र आठ वर्षीय खगेन्द्र नाथ घाइते भएका छन् ।

घाइते चारै जनाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।