७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनलाई पछाडी धकेलेर पार्टीलाई फाइदा हुँदैन : नेता थापा



अ+ अ-

गोरखा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई/अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयोे ।

‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन”, उहाँले भन्नुभयो, “सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।”

नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताउनुभयो ।

“अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु”, उहाँले भन्नुभयो, “तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ ।”

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उहाँहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गर्नुभयो । “युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु”, उहाँले भन्नुभयो, “अब पुराना नेतालाई बढो सम्मान दिएर राख्नेछौँ ।”

नेता थापाले अहिलको काङ्ग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताउनुभयो । पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उहाँको तर्क छ । “शीर्ष नेता मिलेका बेला विधान चाहिँदैन, जब सामान्य समस्या आउँछ अनि नेता विधान पल्टाउन थाल्नुहुन्छ”, उहाँले भन्नुभयो, “यही कारणले पार्टीभित्र समस्या उत्पन हुने गरेको हो ।”