१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसममा सुधार



अ+ अ-

काठमाडौँ । मुलुकभरको मौसम आज पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रमा सामान्यतयाः सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

गत साताको वर्षा र हिमपातपछि मौसम सफा हुँदै गएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

सोमबार र मङ्गलबार भने पश्चिमी क्षेत्रमा मौसममा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।