१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका बारेमा कुनै चिन्ता गर्न जरुरी छैन : पौडेल



अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअगाडि सरकारका कामकावाहीबारे प्रश्न उठाएकै बेला पौडेलले सरकार आफ्नो गतिमा अगाडि बढेकाले कुनै चिन्ता गर्न जरुरी नभएको बताए ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो लुम्बिनीको २० औं साधारणसभा एवम् दशौं अधिवेशनलाई उद्घाटन गर्दै पौडेलले भने, भेनेजुयला प्रकरणले नेकपाभित्र कुनै विवाद नरहेको र पार्टी अध्यक्ष प्रचण्डले जारी गरेको वक्तव्य दुवै अध्यक्षको सहमतिमा ड्राफ्ट भएको बताएका हुन् ।

उनले भने, ‘भेनेजुयला प्रकरणले नेकपाभित्र विवाद रहेको कुरा सतहमा आएपनि यथार्थमा पाटीभित्र यो प्रकरणलाई लिएर कुनै विवाद छैन, सचिवालय बैठकले नै यस विषयमा पार्टीको धारणा स्पष्ट पारिसकेको छ ।’

शान्तिका नाममा धन्दा गर्न चाहनेहरुले पार्टीभित्र विवाद छ भनेर प्रचार गर्न खाजेको जिकिर गर्दै पौडेलले त्यो प्रयास कुनै पनि हालतमा पूरा हुन नसक्ने बताए ।