१५ भाद्र २०८३, सोमबार
,
Latest
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान डार्क म्याटर र डार्क इनर्जीको अध्ययनका लागि नासाद्वारा ‘न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोप’ प्रक्षेपण भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती ‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका बारेमा कुनै चिन्ता गर्न जरुरी छैन : पौडेल



अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सरकारका बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताएका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअगाडि सरकारका कामकावाहीबारे प्रश्न उठाएकै बेला पौडेलले सरकार आफ्नो गतिमा अगाडि बढेकाले कुनै चिन्ता गर्न जरुरी नभएको बताए ।

लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो लुम्बिनीको २० औं साधारणसभा एवम् दशौं अधिवेशनलाई उद्घाटन गर्दै पौडेलले भने, भेनेजुयला प्रकरणले नेकपाभित्र कुनै विवाद नरहेको र पार्टी अध्यक्ष प्रचण्डले जारी गरेको वक्तव्य दुवै अध्यक्षको सहमतिमा ड्राफ्ट भएको बताएका हुन् ।

उनले भने, ‘भेनेजुयला प्रकरणले नेकपाभित्र विवाद रहेको कुरा सतहमा आएपनि यथार्थमा पाटीभित्र यो प्रकरणलाई लिएर कुनै विवाद छैन, सचिवालय बैठकले नै यस विषयमा पार्टीको धारणा स्पष्ट पारिसकेको छ ।’

शान्तिका नाममा धन्दा गर्न चाहनेहरुले पार्टीभित्र विवाद छ भनेर प्रचार गर्न खाजेको जिकिर गर्दै पौडेलले त्यो प्रयास कुनै पनि हालतमा पूरा हुन नसक्ने बताए ।




भर्खरै