२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशाखापट्नम बन्दरगाहको परीक्षण सफल, फागुन ३ गतेदेखि पारवहन सेवा शुरू हुने



अ+ अ-


काठमाडौँः भारतकाे विशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ । 

भारतको कलकत्ता÷हल्दियाबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाह, सिर्सियासम्म तथा कलकत्ता÷हल्दियाबाट भारतको बथनाहसम्म रेलमा र त्यहाँबाट जोगबानीसम्म सडकमार्गबाट ट्रान्ससिपमेन्ट प्रक्रियाबाट पारवहन गरिनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको औपचारिक भ्रमणका क्रममा नेपाल र भारतबीच गत सन् २०१७ जुनमा भएको सहमतिअनुसार दुवै देशबीच सरलीकृत पारवहन प्रक्रिया अवलम्बन गर्न कलकत्ताबाट रक्सोल, जोगबनी र सुनौलीसम्म परिवहन हुने कन्टेनरमा इसिटिएसको परीक्षण गरिएको थियो । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निर्देशक पुरुषोत्तम सुवेदीका अनुसार सो प्रक्रियाका लागि नेपालका व्यवसायीले भिशाखापट्नम बन्दरगाहमा कुनै पारवहनसम्बन्धी कागजात पेस नगरी स्वचालित प्रणालीबाट मालधनीलाई हस्तान्तरण गरिनेछ ।