२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्षा र सञ्जोगको इन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । प्रेमसम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सन्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् ।

यही फागुन २ गते प्रणय दिवस को दिनमा बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार साँझ इनगेजमेन्ट भएको हो ।

दुवैतर्फका परिवारका सदस्यहरुबीच उनीहरुले बिहेको टुंगो गर्दै औँठी साटेका हुन् । बर्षासँग इन्गेजमेन्ट भएको जानकारी सन्जोगले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।