९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

एनभिएलको विजेताले २० लाख पाउने

एनभिएलको विजेताले २० लाख पाउने
अ अ+ अ-

काठमाडौँ। पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक केडिया ग्रुपले बुधवार पत्रकार सम्मेलन गर्दै लिगको पहिलो संस्करणको विजेताका लागि २० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको हो ।

कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन । कुल ३२ लाख रुपैयाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार पाउनेछन् । साथै कुल १७ खेलका लागि प्लेयर अफ दी म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।

एनभिएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । बुधवारकै पत्रकार सम्मेलनमार्फत एनभिएलको गीत र मस्कटको रुपमा डाँफे सार्वजनिक गरिएको थियो ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले लामो समयदेखि प्रतीक्षा गरिएको पुरुष फ्रेन्चाइज भलिबल लिग विश्वस्तरीय खेलाडीको सहभागितासहित सुरु हुनु नेपाली भलिबलका लागि सुखद पक्ष भएको बताए । विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीको स्तर उकास्न सहयोग पुग्ने र ठूलो पुरस्कार राशिले भलिबललाई थप व्यावसायिक बनाउन योगदान गर्ने उनको भनाइ थियो ।

आयोजककाअनुसार प्रतियोगिताको पहिलो दिन टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण आम्दानी बाढीपीडितलाई सहयोगस्वरूप प्रदान गरिनेछ । जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिने पनि आयोजकले जनाएको छ ।

शुक्रबारदेखि शुरु हुने लिगमा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शिर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । फाइनल र प्लेअफसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन् ।

पहिलो दिन भदौ १९ गते मधेश वारियर्स र सगरमाथा स्म्यासर्स तथा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच खेल हुनेछ । गत साउन १० गते घरेलु  खेलाडीका लागि अक्सन भएको थियो । उक्त अक्सनबाट हरेक टोलीले सातजना खेलाडी अनुबन्ध गरेका थिए । ६ वटा फ्रेन्चाइज टोलीमा एक मार्कीसहित समान तीन विदेशी र ट्यालेन्ट हन्टबाट एक जना गरि कुल १२ खेलाडी छन् ।

सगरमाथा स्म्यासर्सका मार्की खेलाडी हरिहजुर थापा र प्रशिक्षकमा उत्सव खड्का, मधेश वारियर्सको मार्की रविन नगरकोटी र प्रशिक्षकमा भरत यादव, काठमाडौं रेड्सका मार्की प्लेयर सुनिल बोहरा र प्रशिक्षकमा निपबहादुर बिक, अन्नपूर्ण स्पाइकर किङ्सको मार्की हिमाल सुनारी र प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजको मार्की पहल गहतराज र चन्द्रबहादुर कुँवर तथा खप्तड फाल्कन्स मार्की धिरोज बस्नेत र प्रशिक्षकमा रूपेशकुमार बिष्ट छन् ।–न्युज एजेन्सी नेपाल