१७ भाद्र २०८३, बुधबार
,
Latest
काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारले सबै पक्षसँग सहकार्य र संवाद गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले राहत वितरण र उद्धार कार्यमा सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनुभएको हो । सांसद केसीले राष्ट्रिय विपत्तिको यस घडीमा सत्तापक्ष र प्रतिपक्ष नभनी सहमति र संवादमार्फत समाधान खोज्नुपर्ने बताउनु भयो ।

सरकारले राहत वितरणमा प्रभावकारिता देखाउन नसकेको उल्लेख गर्दै उहाँले त्रिशूली पारि रसुवा लगायतका क्षेत्रमा अझै राहत पुग्न नसकेको दाबी गर्नुभयो । विशेषगरी सिमलताल लगायतका क्षेत्रमा भएको दुर्घटना र सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले ढिलाइ गरेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको यो राष्ट्रिय संकटमा हामी कोही सत्तापक्ष वा प्रतिपक्ष होइनौँ । विवादभन्दा संवाद र विमतिभन्दा सहमतिद्वारा बाटो खोज्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । सुरुङमा समयमै विदेशी प्राविधिकहरूको सहयोग लिएको भए धेरै मानिसको ज्यान जोगाउन सकिने स्थिति हुन्थ्यो। यसमा सरकारको गम्भीर कमजोरी देखिएको छ । सरकारमा संवादको मानसिकता देखिएको छैन । एक्लै गर्न सकिन्छ भन्ने अहं त्यागेर विदेशी प्राविधिकको सहयोग लिने र सम्पूर्ण राजनीतिक दलहरूसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो ।’

बाढी र पहिरोको प्रकोपलाई ‘हिमाली सुनामी’को संज्ञा दिँदै उहाँले रसुवा र नुवाकोट क्षत–विक्षत भएको तथा धादिङ, गोरखा र चितवनका केही भागमा समेत ठुलो क्षति पुगेको जानकारी दिनुभयो । सरकारले एक्लै सबै काम गर्न सकिन्छ भन्ने मानसिकता त्याग्नुपर्ने सुझाव दिनुभयो ।–न्युज एजेन्सी नेपाल