९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर

विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर
अ अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले बाढीपहिरोपछिको संकट व्यवस्थापनमा सरकारले प्रभावकारी नेतृत्व लिन नसकेको टिप्पणी गर्नुभएको छ ।

बुधवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले सरकारले राष्ट्रिय संकटको घडीमा सबै पक्षलाई समेटेर अगाडि बढ्नुको साटो अहंकार र दम्भ देखाएको आरोप लगाउनुभएको हो ।

प्रमुख सचेतक महरले राजनीतिभन्दा मानवता माथि हुने उल्लेख गर्दै एमाले संकटको सामना गर्न राष्ट्रिय एकता कायम गर्ने पक्षमा सधैँ प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।

महरले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा सरकारको सुस्तताप्रति आपत्ति जनाउनु भयो । उहाँले राजनीतिक दल, नागरिक समाज र तीनै तहका सरकारको सहयोग लिनमा प्रधानमन्त्री चुकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले भदौ १० गतेको सदनको बैठकमै सरकारले संकटको नेतृत्व गरोस् र देश एक ठाउँमा उभियोस् भन्ने धारणा राखेका थियौँ । तर विगत एक हप्ताको घटनाक्रम हेर्दा सरकारले सबै शक्तिलाई परिचालन गर्न सकेको देखिएन । प्रधानमन्त्रीले हिलोमा खोज्ने मेसिन संसारमा कतै पाइँदैन भन्नुभयो, जुन तर्कसङ्गत छैन । साथै, बाढी आउनुभन्दा आधा घण्टाअघि एसएमएस पठाइएको दाबी पनि विवादास्पद छ । सम्बन्धित निकायले बाढी आएको ४५ मिनेटपछि मात्र सूचना संप्रेषण गरेको देखिन्छ । प्रधानमन्त्रीले यस्ता संवेदनशील विषयमा फेसबुक स्टेटसबाट मात्र नभई सरकारी संयन्त्रमार्फत आधिकारिक जानकारी दिनुपथ्र्यो ।’

मन्त्रीहरू आफैँ उद्धारस्थल र टनेलमा पसेर फोटो खिचाउन व्यस्त रहेको भन्दै महरले असन्तुष्टि व्यक्त गर्नुभयो । मन्त्रीहरू आफैँ जानुभन्दा सम्बन्धित क्षेत्रका विज्ञ र प्राविधिकहरूलाई परिचालन गरेर वास्तविक उद्धार र खोजी कार्यलाई तिब्रता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेले संकटको यस घडीमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर, पीडितलाई न्याय र राहत प्रदान गर्न तथा बेपत्ताहरूको खोजी कार्य सफल बनाउन सरकारलाई पुनः आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल