१७ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण



अ+ अ-

काठमाडौ —शाही युवा शक्ति नेपालले रसुवा भोटेकोशी बाढीपिडित क्षेत्रमा नागरिकहरुलाई तत्काल राहत सामाग्री उपलब्ध गराएको छ ।

राजी राणाको नीजि गुठीसंगको सहकार्यमा शाही युवा शक्ति नेपालले बाढीपिडित स्थान बिदुर, दुंगे, होल्डीङ्ग सेन्टर लगायत क्षेत्रका करिव ३ सय भन्दा बढी नागरिकहरुलाई मंगलबार राहत बितरण गरिएको युवा शक्ति नेपालका महामन्त्री रेशम चन्द्र मल्लले जानकारी गराए ।

महामन्त्री मल्लका अनुसार बाढीपिडित नागरिकलाई बितरण गरिएका राहत खाद्यन्न सामाग्रीहरुमा ४ सय ५० पिस, चामल, १ सय ३० ग्यास चुलो सेट समान,दाल, नुन, तेल, अति आबश्यक भाडाकुडा, लत्ताकपाडा, त्रिपाल, ५० दर्जन भन्दा बढी मिनरल वाटर पानी लगायत रहेको छ ।

राजी राणा नीजि गुठी संगको सहकार्यमा उपलब्ध भएको राहत खाद्यन्न सामाग्रीहरु काठमाडौ बाट ३ वटा ठूला गाडी र ४ वटा साना गाडी गरि ७ वटा गाडीमा लोड गरि शाही युवा शक्ति नेपालको टोली बाढीपिडित क्षेत्रमै पुगेर पिडित परिवारहरुको हात हातमा उपलब्ध गराएको मल्लको भनाई रहेको छ ।

महामन्त्री मल्लले भने राहत समाग्री लिएर बाढीपिडित स्थानमै पुगेर पिडित परिवारजनहरुको हात हातमा उपलब्ध गराएका छौ । बाढी पहिरो बाट बाट धनजनको हानीनोक्सानी ब्यहारिरहेका नागरिकहरुलाई तत्काल राहत मिलोस भन्ने उदेश्यले शाही युवा शक्ति नेपालले यो राहत बितरण गर्ने कामलाई प्राथमिकता दिएको उहाको भनाई छ ।

हिन्दु राष्ट र राजसंस्था पुर्नस्थापनाको निम्ति गठन भएको शाही युवा शक्ति नेपालले रसुवा भोटेकोशी बाढीपिडित क्षेत्रमा नागरिकहरुलाई दुःख कष्टको समयमा राहत बितरण गरेको छ ।