१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन



अ+ अ-

काठमाडौँ। चीनको दक्षिण–पश्चिमी स्वशासित क्षेत्र तिब्बत (सिजाङ) स्थित केरुङ नाका जोड्ने मुख्य सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।

पहिरोका कारण क्षतिग्रस्त भएको राष्ट्रिय राजमार्ग २१६ लाई दिनरातको निरन्तर मर्मतपछि बुधवार बिहान १० बजेदेखि सुचारु गरिएको हो ।

उद्धार टोलीकाअनुसार सडक मार्ग खुलेपछि राहत सामग्री, उद्धार उपकरण र सम्बन्धित टोलीहरू पहिरो प्रभावित मुख्य क्षेत्रमा प्रवेश गरेका छन् ।

केही दिनदेखि अवरुद्ध रहेको उक्त सडक खण्ड मर्मत भएपछि अब राहत र पुनरुद्धारको कार्यले तीव्रता पाउने विश्वास गरिएको छ । सिन्ह्वाको /न्युज एजेन्सी नेपाल