२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठकले रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै २०८३ साल भदौ १० गते आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गरिएको हो।

विशेष प्रस्तावमार्फत बाढीमा परी स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मानिसको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

बैठकले बाढीबाट घरबारविहीन भएका नागरिकको उचित व्यवस्थापन गर्न तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्मा ज्यान गुमाउनेप्रति आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।

तस्बिरः गोपाल दाहाल/रासस